दफा २७
धितोपत्रको दर्ता
(१) संगठित संस्थाले आफूले निष्काशन गर्ने धितोपत्र निष्काशन गर्नु अघि बोर्डमा दर्ता गराउनु पर्नेछ । (२) संगठित संस्थाले उपदफा (१) बमोजिम धितोपत्र दर्ता गराउनका लागि आफ्नो प्रबन्धपत्र तथा नियमावली र सो धितोपत्रसँग सम्बन्धित कागजात सहित तोकिए बमोजिमको दस्तुर संलग्न गरी तोकिएको ढाँचामा बोर्डमा निवेदन दिनु पर्नेछ । (३) उपदफा (२) बमोजिम निवेदन प्राप्त भएमा बोर्डले आवश्यक जाँचबुझ गरी उपयुक्त देखेमा तोकिए बमोजिमको दर्ता किताबमा त्यस्तो धितोपत्र विवरण सहित दर्ता गरी तोकिएको ढाँचामा सम्बन्धित संगठित संस्थालाई धितोपत्रको दर्ता प्रमाणपत्र दिनु पर्नेछ । (४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुनुभन्दा अघि धितोपत्र निष्काशन गरिसकेका संगठित संस्थाले त्यस्तो धितोपत्र यो ऐन प्रारम्भ भएको मितिले एक वर्षभित्र यस ऐन बमोजिम बोर्डमा दर्ता गराउनु पर्नेछ ।